• बैशाख २४ २०८३, बिहीबार

निर्वाचन आयोगले कुलमान घिसिङलाई स्पष्टीकरण माग्यो

बैशाख १ २०७९, बिहीबार

काठमाडौं ।  निर्वाचन आयोगले नेपाल विद्यतु प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसंग स्पष्टीकरण माग गरेको छ ।

नेकपा माओवादी केन्द्रले घिसिङको फोटो राखेर निर्वाचन प्रचार सामग्री बनाएर निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै आयोगले उनीसँग स्पष्टीकरण सोधेको हो ।

‘फोटो राखेर प्रचार सामग्री बनाउन दिने विषयमा तपाईंको सहमति हो कि होइन भनेर स्पष्टीकरण माग्ने निधो भएको हो’ आयोग स्रोतले भन्यो, ‘सहमति होइन भने त्यस्तो फोटो सहितको प्रचारसामग्री देख्दादेख्दै आयोगमा किन उजुरी गर्नुभएन भनेर सोध्ने निर्णय भएको हो ।’ आयोगले माओवादी केन्द्रको प्रचार सामग्रीमा फोटो सहमतिमै राखिएको हो कि होइन भनी प्रश्न गरेको छ ।

आयोगले पोष्टरमा फोटो राखिएको विषयमा सहमति होइन भने अहिलेसम्म सार्वजनिक रुपमा किन आपत्ति नजनाएको भनी प्रश्न गर्दै ७ दिनभित्र चित्तबुझ्दो जवाफ दिन भनेको छ ।