• बैशाख २४ २०८३, बिहीबार

सञ्चारमाध्यमलाई प्रेस काउन्सिलको आग्रह- निर्वाचनमा स्वतन्त्र भुमिका निर्वाह गर्नु

चैत्र ३० २०७८, बुधबार

काठमाडौं । प्रेस काउन्सिल नेपालले सञ्चारमाध्यमलाई निर्वाचनमा स्वतन्त्र भुमिका नोर्वाह गर्न आग्रह गरेको छ ।

काउन्सिलका सूचना अधिकारी रामशरण बोहराले आज विज्ञप्ति जारी गर्दै पत्रकार आचारसंहिता र निर्वाचन आचारसंहिता ख्याल गर्दै स्थानीय निर्वाचनमा स्वतन्त्र भूमिका निर्वाह गर्न आग्रह गरेका हुन् । कुनै पनि दल तथा उम्मेदवारलाई होच्याएर वा गुणगान गाएर, पक्ष वा विपक्षमा समाचार प्रकाशन नगर्न आग्रह गरेका छन् ।

यस्तै काउन्सिलले सामाजिक सञ्जालमार्फत यो वा त्यो दल वा दलका उम्मेदवारको प्रचारप्रसारलाई अतिरञ्जना नगर्न नगराउन हुन सञ्चारमाध्यम, पत्रकार र सामाजिक सञ्जाल प्रयोगकर्तालाई अपिल गरेको छ ।