• बैशाख २६ २०८३, शनिबार

जनप्रतिनिधिले राजीनामा गर्नुपर्ने/नपर्नेबारे वैशाख ४ गते सुनुवाइ हुने

चैत्र ३० २०७८, बुधबार

काठमाडौं । निर्वाचन आयोगले मनोनयनअघि जनप्रतिनिधिले राजीनामा दिनुपर्ने व्यवस्था निर्वाचन आचारसंहितामा राखेपछि राजनीतिक दलहरुले उक्त व्यवस्था खारेज गर्नुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दिएका थिए । यसै विषयमा स्थानीय निर्वाचनमा मनोनयनअघि जनप्रतिनिधिले राजीनामा गर्नुपर्ने वा नपर्ने विवादमा सर्वोच्च अदालतले ४ वैशाखमा सुनुवाइ गर्ने भएको छ ।

निर्वाचन आयोगको उक्त निवेदनको आज बुधबार सुनुवाइ गर्दै न्यायाधीश तेजबहादुर केसी र कुमार रेग्मीको इजलासले दुवै पक्षलाई वैशाख ४ मा छलफलमा बोलाएको छ ।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन लामाले राजीनामाको व्यवस्था खारेज गर्नुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दिएका थिए ।

उक्त रिटमा सुनुवाइ गर्दै ८ चैतमा सर्वोच्च अदालतले राजीनाको व्यवस्था तत्काल कार्यान्वयन नगर्न अन्तरकालीन आदेश दिएको थियो । सो अन्तरकालीन आदेश खारेज गर्न माग गर्दै निर्वाचन आयोग बुधबार सर्वोच्च अदालत गएको थियो ।