• बैशाख २६ २०८३, शनिबार

ओखलढुङ्गामा जिप दुर्घटना : २ प्रहरीको मृत्यु, ७ घाइते

चैत्र ३० २०७८, बुधबार

ओखलढुङ्गा । ओखलढुङ्गामा जिप दुर्घटना हुँदा २ जना प्रहरीको मृत्यु भएको छ । सोलुखुम्बुबाट विराटनगरका लागि छुटेको बा १७ च १०९४ नम्बरको जिप ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका ६ भडारे खोला नजिक दुर्घटना हुँदा सोलुखुम्बुमा कार्यरत प्रहरी हवल्दार भुपेन्द्र कार्की र प्रहरी जवान मानिक राजवंशीको मृत्यु भएको हो ।

दुर्घटनामा अन्य ७ जना घाइते भएका छन् । घाइते भएका प्रहरी निरीक्षक ऋषिराज ढकाल, हवल्दार भुपेन्द्र खनाल र प्रहरी जवान रूपक विष्टलाई थप उपचारको लागि हेलिकप्टरमार्फत काठमाडौँ रेफर गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ।

अन्य घाइतेको उदयपुरको घुर्मी स्थित जनसेवा हेल्थकेयर र आस्था लाइफ हेल्थकेयरमा उपचार भइरहेको छ ।

दुर्घटनामा पर्ने सबै सोलुखुम्बुबाट प्रदेश १ को राजधानी विराटनगर जाँदै गरेका प्रहरीहरू रहेको जनाइएको छ।