• बैशाख २६ २०८३, शनिबार

छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ

चैत्र ३० २०७८, बुधबार

खोटाङ। छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा खोटाङको महुरेगढी वहुप्राविधिक शिक्षालयका प्रधानाध्यापक इन्द्रप्रसाद आचार्य पक्राउ परेका छन् । शिक्षालयमै अध्ययनरत केही छात्रामाथि यौनजन्य दुर्व्यवहार गरेको आरोपमा प्रधानाध्यापक आचार्यलाई प्रहरीले मंगलबार साँझ नियन्त्रणमा लिएको हो ।

आरोपित आचार्यलाई एमाले निकट अनेरास्ववियू र नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तीकारीका विद्यार्थीले मंगलबार साँझ मोसो दलेर जुत्ताको माला लगाई दुर्व्यवहार पनि गरेका छन् । घट्ना लगत्तै प्रहरी चौकी नुनथलाबाट पुगेको प्रहरीले प्रधानाध्यापक आचार्यलाई नियन्त्रणमा लिएको हो ।

शिक्षालयमा अध्ययनरत छात्रालाई पटक–पटक विभिन्न बहानामा यौनजन्य हिंसा गर्दै आएको सूचनाका आधारमा आचार्यलाई प्रहरीको जिम्मा लगाइएको अनेरास्ववियूका अध्यक्ष मोहन संग्रामकाे भनाइ छ । घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी उमेश लम्सालले बताए।