• बैशाख २६ २०८३, शनिबार

मगर संघको अध्यक्षमा ज्ञानेन्द्र पुनमगर चयन

चैत्र २८ २०७८, सोमबार

ज्ञानेन्द्र पुनमगरको अध्यक्षतामा नयाँ केन्द्रीय कार्यसमिति चयन गर्दै नेपाल मगर संघको महाधिवेशन सम्पन्न भएको छ ।

चैत्र २५ गतेदेखि दाङको घोराहीमा सुरु भएको महाधिवेशनले सहअध्यक्षमा दलबहादुर बिरकट्टा मगर, गंगाबहादुर थापामगर र गंगा खासुमगरलाई चयन गरेको छ ।

त्यस्तै बरिष्ठ उपाध्यक्षमा धनबहादुर पुनमगर निर्वाचित भएका छन् भने महासचिवमा टेक नाम्जालीमगर चयन भएका छन् l

यता महिला उपाध्यक्षमा सिमा गर्बुजामगरलाई चयन गरेको छ भने खुल्ला उपाध्यक्षमा जगत रेस्मीमगर, रक्षा रैका मगर, रजिंत रोकामगर, गीता सारूमगर र जीवन प्रवेस सारूमगर चयन भएका छन् ।
चैत्र २५ गतेदेखि सुरु भएको महाधिवेशन आज सम्पन्न भएको छ ।