• बैशाख २६ २०८३, शनिबार

मगर महाधिवेशन : अध्यक्षमा ज्ञानेन्द्र पुनको सम्भावना, अरु कुन पदमा कस्को दावी ?

चैत्र २८ २०७८, सोमबार

काठमाडौं । आफ्नो संगठनको नेतत्व चयनका लागि नेपाल मगर संघका देशभरका कार्यकर्ताहरु दाङको घोराही भेला भएका छन् ।

संघको घोराहीमा गत २५ गतेदेखि जारी महाधिवेशनमा विभिन्न पदका लागि सहमति जुटाउने प्रयास जारी रहेको छ । संघको अध्यक्षमा ज्ञानेन्द्र पुनमगर र दलबहादुर बिरकट्टाले दावी गरेका छन् ।

पुन र बिरकट्टामध्ये पुनलाई सर्वसम्मतरुपमा अध्यक्ष बनाउने बारेमा छलफल चलिरहेको महाधिवेशनस्थलबाट जुनु पुनले जानकारी दिइन् ।

त्यस्तै वरिष्ठ उपाध्यक्षमा गंगा खासुमगर र दलबहादुर पुनबीच प्रतिष्पर्धा चलिरहेको छ । महाधिवेशनमा विदेश विभागको प्रमुख पदका लागि कमला थापामगर जयप्रकाश रोकामगरले दावी गरिरहेका छन् ।

महाधिवेशन २७ गते नै सम्पन्न गर्ने भनिएपनि विभिन्न पदहरुमा भएको प्रतिपर्धाका कारण आजसम्म लम्बिएको हो ।

ज्ञानेन्द्र पुन अध्यक्षमा चनिए भने यसअघिका अध्यक्ष नवीन रोकामगरको नेतृत्वमा रहेको केन्द्रीय समितिले

विदा लिनेछ ।