• बैशाख २६ २०८३, शनिबार

मालपोत कार्यालय धनुषाका प्रमुख पाँच लाख घुससहित पक्राउ

चैत्र २८ २०७८, सोमबार

जनकपुर। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घुसबापत लिएको रकमसहित भूमिसुधार तथा मालपोत कार्यालय धनुषाका प्रमुख सुनिलकुमार झालाई पक्राउ गरेको छ ।

आयोग बर्दिबास कार्यालयबाट खटिएको टोलीले जनकपुरधामस्थित भानु चौकस्थित एक चिया पसलबाट घुसबापत सेवाग्राहीसँग लिएको रु पाँच लाख रकमसहित प्रमुख झालाई सोमबार बिहान पक्राउ गरेको हो ।

गोप्य सूचनाको आधारमा खटिएको टोलीले घुस रकमसहित प्रमुख झालाई पक्राउ गरेको र उनीमाथि थप अनुसन्धान भइरहेको आयोग बर्दिबासका प्रमुख गोपालकुमार अधिकारीले जानकारी दिए ।