• बैशाख २६ २०८३, शनिबार

काभ्रेको बनेपामा विस्फोट, एक जना घाइते

चैत्र २७ २०७८, आईतवार

काठमाडौँ। काभ्रेको बनेपा नगरपालिका-२ मा बिष्फोटक पदार्थ बिस्फोट हुँदा एक जना घाइते भएका छन्। घाइते हुनेमा स्थानीय मोहन विक रहेको प्रहरीले जनाएको छ।

जंगलमा भेटिएको बस्तु घरमा ल्याएर आगोमा हाल्दा उक्त बस्तु पड्केपछि विक घाइते भएका हुन ।उनको अनुहार र हातमा चोट लागेको छ। उनलाई अहिले उपचारका लागि अस्पताल लगिएको बताइएको छ।

नेपाली सेनाले फायरिङ अभ्यास गर्ने जंगलबाट विकले उक्त बस्तु ल्याएको अनुमान गरिएको छ।

घटनास्थलमा प्रहरी पुगेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी काभ्रेले जनाएको छ।