• बैशाख २६ २०८३, शनिबार

नेपाल राष्ट्रिय वन प्राविधिक सञ्जालको अध्यक्षमा गौतम

चैत्र २७ २०७८, आईतवार

काठमाडौं । नेपाल राष्ट्रिय वन प्राविधिक सञ्जाल बागमती प्रदेशको अध्यक्षमा वसन्तराज गौतम चयन भएका छन् । गौतमको अध्यक्षतमा ११ सदस्यीय कार्यसमिति गठन गरिएको छ ।

उपाध्यक्ष्यमा निर्मल बुढामगर, महासचिवमा गणेश प्रसाद तिवारी, कोषाध्यक्षमा भीममाया तामाङ छन् ।

त्यस्तै, सदस्यमा फत्त तामाङ, अशोक पराजुली, यम कुमार श्रेष्ठ, रूपक कुमार व्लोन, विशाल कुमार लामा, ओम सागर भण्डारी र गोविन्द अर्याल चयन भएका छन् ।

नेपाल राष्ट्रिय वन प्राविधिक सञ्जालको प्रथम प्रदेश अधिवेशन हिजो (शनिबार) हेटौडामा सम्पन्न भएको थियो । उक्त सञ्जाल नेकपा (माओवादी केन्द्र)निकट मानिन्छ ।