• बैशाख २६ २०८३, शनिबार

एमालेका केन्द्रीय सल्लाहकार समिति सदस्य गुरागाईंमाथि खुकुरी प्रहार

चैत्र २७ २०७८, आईतवार

काठमाडौँ। पूर्वसांसद तथा नेकपा एमाले केन्द्रीय सल्लाहकार समिति सदस्य गोपाल गुरागाईंमाथि खुकुरी प्रहार भएको छ।

धनकुटा नगरपालिका-६ का नेता ७६ वर्षीय गुरागाईँमाथि आफ्नै छिमेकी २३ वर्षीय दिनेश पोखरेलले शनिबार एक्कासी खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।

गुरागाईं आफ्नै निवासमा गफगाफ गरिरहेको अवस्थामा एक्कासी खुकुरी प्रहार भएको परिवारको दाबी छ । युवकले के कारणले खुकुरी प्रहार गरे भन्नेबारे खुलेको छैन । गुरागाईँको अनुहारमा गहिरो चोट परेको बताइएको छ ।

उनको धनकुटा अस्पतालमा प्राथमिक उपचारपछि धरानस्थित विपी कोइराला विज्ञान प्रतिष्ठान लगिएको प्रहरीले बताएको छ । हाल उनको अवस्था खतरामुक्त भइसेको अस्पताल प्रशासनले जनाएको छ ।

घटनाबारे गहिरो अनुसन्धान गरेर सत्य तथ्य पत्तो लगाई दोसीमाथि कारवाही गर्न परिवारले जोडदार माग गरेका छन् । नेता गुरागाईं धनकुटाका पुराना बामपन्थी नेता हुन् । उनी २०४८ सालमा सांसद बनेका थिए ।