काठमाडौं । चैतेदशैंको अवसरमा सशस्त्र प्रहरी बल नेपालको निशान, कोत तथा मौलो पुजा सम्पन्न भएको छ । सशस्त्र प्रहरी बल नेपालले चैतेदशैंको अवसरमा परम्परागत रुपमा हरेक वर्ष निशान, कोत तथा मौलोपुजा गर्दै आएको छ ।
सशस्त्र प्रहरी बल नेपालको हल्चोक स्वयम्भूमा आज गरिएको सो पुजामा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी बल नेपालको निशानमा पञ्जाछाप लगाए ।
सशस्त्र प्रहरी महानिरीक्षक खनाले गरेको सो पुजा कार्यक्रममा सशस्त्र प्रहरी अधिकृत तथा जवानहरुबाट मौलो परिक्रमा गरिएको थियो ।
सशस्त्र प्रहरी व्याण्डको मंगलधुनबीच सुरु भएको पुजामा सशस्त्र प्रहरी बल नेपालको एक टोलीले निशान भगवती सलामी अर्पण गरेको थियो भने सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले उक्त पुजा व्यवस्थापनमा उत्कृष्ट कार्यगर्ने सशस्त्र प्रहरी कर्मचारीहरुलाई पगरी तथा नगद पुरस्कार समेत प्रदान गरेका थिए ।