सिन्धुपाल्चोक । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षकलाई पर्याप्त सेवासुविधा दिन प्रतिबद्धता व्यक्त गरेका छन् ।
आज बाह्रबिसे नगरपालिका–३, खुर्बासानी बजारमा एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनद्वारा आयोजित दोस्रो जिल्ला अधिवेशनमा सम्बोधन गर्दै उनले शिक्षकलाई सम्मान गरे मात्रै शिक्षा क्षेत्र सुधारिने बताए ।
कार्यक्रममा उपस्थित शिक्षकले शिक्षामन्त्री समक्ष गुनासो राखेका थिए । एकै प्रकृतिका शिक्षक हुनुपर्ने, राहत शिक्षकलाई दरबन्दीमा रुपान्तरण गरी आन्तरिक प्रतिस्पर्धा गरी स्थायी गरिनुपर्ने र उमेर हद पुगेका शिक्षकको सम्मानलगायत माग राखिएको थियो ।