• बैशाख २६ २०८३, शनिबार

नेपालको अर्थतन्त्रमा बाह्य क्षेत्र व्यवस्थापन गर्न नसके थप चुनौती निम्तिन्छ : गभर्नर अधिकारी

चैत्र २५ २०७८, शुक्रबार

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको अर्थतन्त्रमा बाह्य क्षेत्र व्यवस्थापन गर्न नसके थप चुनौती निम्तने बताएका छन् ।

शुक्रबार नेपाल राष्ट्र बैंकले आयोजना गरेको ’नेसनल कन्फ्रेन्स अन इकोनमिक्स एण्ड फाइनान्स’ विषय कार्यक्रममा बोल्दै गभर्नर आधिकारीले अर्थतन्त्रमा बाह्य जोखिम कायम रहेकाले आयातलाई प्रतिस्थापन गर्न नसकेमा अर्थतन्त्रमा चुनौती कायम रहने बताएका हुन्।

उनले आयात बढ्दै जाने तथा सो अनुसारको विदेशी मुद्रा आर्जन घट्दै गएकाले मुलुकको अर्थतन्त्रमा बाह्य क्षेत्रको स्थायित्व प्रमुख चुनौतीको रुपमा देखिएको धारणा राखे।

चालु आर्थिक वर्षको शुरुदेखि नै रेमिट्यान्स घट्दै गएको तथा आयात बढेकाले शोधानान्तर घाटा र बैंकमा तरलता अभाव रहेको गभर्नर अधिकारीको भनाइ थियो । उनले पेट्रोलियम पदार्थको मूल्यले बाह्य क्षेत्रमा चाप परेको र लगानी योग्य रकम नभएकाले बैंकहरुमा ब्याजदर बढ्दै गएको बताए ।

रुस युक्रेन युद्ध जस्ता गतिविधिमा सुधार आउन धेरै समय लागे मूल्यमा परेको दबाबले थप केही समय जोखिम बनाइराख्ने अधिकारीको भनाइ थियो । अत्यधित आयातमूखी अर्थतन्त्रलाई उत्पादनमुखी बनाइ निर्यात प्रवद्र्धधन र आयात प्रतिस्थापन गर्न नसके कुनै पनि बेला संकट निम्तन सक्ने उनको भनाइ थियो ।

गभर्नर अधिकारीले अत्याधित आयातमूखी भइरहेको अर्थतन्त्रलाई उत्पादन मुखी बनाई निर्यात प्रवद्र्धधन र आयात प्रतिस्थापन दिशामा मुलुक नलैजाने हो भने कुनै पनि समय बाह्य स्थायित्वका जोखिम पर्न सक्ने चेतावनी दिएका छन्।