• बैशाख २६ २०८३, शनिबार

अर्घाखाँचीमा बस दुर्घटना : ३० जना घाइते

चैत्र २५ २०७८, शुक्रबार

काठमाडौँ। अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका–२ बेलबाटिका नजिकै तीर्थयात्री सवार बस दुर्घटना भएको छ । दुर्घटनामा ३० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।

स्वर्गद्वारी दर्शन गरेर सुपा देउराली जाँदै गरेको ग२ख ६८० नम्बरको बस बेलबाटिका नजिकै दुर्घटना भएको हो।

दुर्घटनाका घाइतेहरूको सन्धिखर्कका विभिन्न अस्पतालमा उपचारका भइरहेको छ।

भिरालो बाटोमा ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ ।