काठमाडौँ। चावहिलस्थित पशुपति क्याम्पसमा अध्ययनरत नीला राई गोकर्णेश्वर नगरपालिका–४ स्थित सहिदपार्क जगडोल स्थित सामुदायिक जंगलमा मृत अवस्थामा फेला परेकी छन् । उनको शव बिहीबार साँझ सो जंगलमा फेला परेको हो ।
भोजपुरको हतुवागढी गाउँपालिका–२ घर भएकी २७ वर्षीया राई काठमाडौं महानगरपालिका–६ सरस्वतीनगर बस्दै आएकी थिइन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीका अनुसार शवलाई पोष्टमार्टमको लागी फरेन्सिक मेडिसिन विभाग महाराजगंजमा पठाईएको छ । मृतको बाया हातको नाडीमा भित्री हड्डी समेत देखिने गरी नशा सहित गहिरो रुपमा काटेको अवस्थामा घाउ रहेको र रगतले लतपतिएको पाइएको छ । घटनास्थलमा बिषादीको बट्टा र धारीलो ब्लेड समेत फेला परेको बताइएको छ।
घटनाबारे महानगरीय प्रहरी वृत्त बौद्धले अनुसन्धान गरिरहेको छ ।