काठमाडौं । नवलपुर जिल्ला अदालतले अभिनेता पल शाहलाई पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको छ ।
नवलपुर जिल्ला अदालतमा शाहसँग मङ्गलबार र बुधबार लिएको थुनछेक बहसपछि उक्त अदातलतले पूर्पक्षको लागि थुनामा राख्न आदेश दिएको हो ।
आदेशपछि शाहलाई पुनः बुधबार राति कारागारमा ल्याई राखिएको तनहुँ कारागारका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिए ।
शाहलाई तनहुँका अतिरित्त पूर्वी नवलपरासीमा पनि बालिकामाथि यौन शोषण गरेको आरोप उजुरी परेपछि नवलपरासीमा हाजिर गराइएको थियो ।
शाहका वकिलले तनहुँ जिल्ला अदालतको पुर्पक्षको लागि तनहुँ कारागारमा राख्न भएको आदेश विरुद्ध पुर्पक्षको लागि थुनामा पठाउने अदालतको आदेश बदर गरी तारेखमा रिहा गर्न माग गर्दै चैत्र १५ गते निवेदन दिएका थिए ।