• बैशाख २६ २०८३, शनिबार

पाँच दिनदेखि हराइरहेको बालकको शव छिमेकीको घरको सेफ्टी ट्यांकीमा भेटियो

चैत्र २४ २०७८, बिहीबार

सर्लाही । सर्लाहीको गम्हरियाबाट पाँच दिनदेखि हराइरहेका एक बालकको शव छिमेकीको घरको सेफ्टी ट्यांकीमा भेटिएको छ ।

मलङ्गवा नगरपालिका–१२ स्थित गम्हरियाबाट हराएका जितेन्द्र ठाकुरका अन्दाजी १० वर्षीय छोरा आकाश ठाकुर भनिने मिठुको शव आज बिहान छिमेकी जगदीश ठाकुरको सेफ्टी ट्यांकीमा भेटिएको हो ।

आकाश गत चैत २० गते आइतबार राति ८ बजेदेखि हराएका थिए ।