• बैशाख २२ २०८३, मंगलवार

मतपत्र छपाइको काम तीव्र, दैनिक ४ लाख थान छापिँदै : निर्वाचन आयोग

चैत्र २४ २०७८, बिहीबार

काठमाडाैं ।  निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि मतपत्र छपाइको काम तीव्र रूपमा भइरहेको जानकारी दिएको छ ।

आयोगका अनुसार हाल दैनिक चार लाख थान मतपत्र छापिँदै आएकाे छ । आयोगले स्थानीय तह चुनावका लागि एक करोड ९४ लाख थान मतपत्र छापिने जनाएको छ ।

मतदाताको संख्या एक करोड ७७ लाख ३३ हजार जना भए पनि आठदेखि २५ प्रतिशतसम्म जगेडा राख्नुपर्ने भएकाले एक करोड ९४ लाख थान छाप्नु परेको आयोगको भनाइ छ ।

मतपत्र छपाइको काम जनक शिक्षा सामग्री केन्द्रमा भइरहेको छ । सुरुमा उच्च हिमाली र हिमाली जिल्लाका लागि मतपत्र छपाइकाे काम भइरहेको र क्रमशः पहाडी, तराई र सुगम जिल्लाका मतपत्र छापिने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए। ।