काठमाडौं । भोलि शुक्रबारदेखि पशुपति क्षेत्रमा शुक्रबारदेखि तीन दिनसम्म हरसिद्धिको नाच प्रदर्शन गरिने भएको छ ।
श्री श्री श्री हरसिद्धि (जलद्योः) नाच मूल समितिले आज जयवागेश्वरीमा आयोजना गरेको पत्रकार सम्मेलनमा ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक र धार्मिक महत्वको हरसिद्धिको तीन दिनसम्म नाचसहित परम्परागत प्रदर्शन गर्न लागिएको जानकारी दिएको छ ।
जात्रा चैत २५ गते पशुपति आई २७ गते बिदा हुने जनाइएको छ । जात्राका लागि रु २० लाख बजेट लाग्ने प्रारम्भिक अनुमान गरिएकोमा आवश्यक बजेट पशुपति क्षेत्र विकास कोष, स्थानीयवासी र सहयोगीबाट जुटाइने जानकारी दिएको छ ।