• बैशाख २६ २०८३, शनिबार

भारतको गोवामा एक नेपालीको मृत्यु

चैत्र २४ २०७८, बिहीबार

– लोकेन्द्र सेर्पाली

काठमाडौं । भारतको गोवामा एक जना नेपालीको मृत्यु भएको छ ।

रोजगारीको सिलसिलामा गोवामा बस्ने दाङ बबई गाउँपालिका वाडा नं ५ खएरभट्टी निवासी वर्ष ४३ का अमरसिंह परियारको मृत्यु भएको हो । उनको मृत्यु हृदयघातबाट हुनसक्ने उनका छिमेकीले बताएका छन् ।

उनी विगत एक वर्ष देखि श्रीमतीसहित गोवाको आशागाउभन्ने ठाउँमा  सेक्युरिटी गार्डमा कार्यरत थिए । उनको शव आजै नेपाल ल्याउने तयारी भएको छ । गोवामा विभिन्न कारणले नेपालीको मृत्यु हुदै आएको छ । गोवा ठुलो संख्यामा नेपालीहरुको रोजगारीको गन्तव्य बन्दै आएको छ ।