• बैशाख २२ २०८३, मंगलवार

चैत २६ गतेभित्र चुनावी तालमेलबारे रिपोर्ट बुझाउन गठबन्धनको निर्देशन

चैत्र २३ २०७८, बुधबार

काठमाडौं ।  स्थानीय तहको निर्वाचनमा तालमेल गरेर जाने निर्णय गरेको सत्ता गठबन्धनले चैत २६ गतेभित्र जिल्लाको चुनावी अवस्थाको रिपोर्टिङ गर्न निर्देशन दिएको छ ।

बालुवाटारमा बुधबार रामचन्द्र पौडेलको अध्यक्षतामा बसेको गठबन्धनसम्वद्ध निर्वाचन तयारी तथा अनुगमन समितिको बैठकले चैत २६ गतेभित्रमा देशैभरबाट रिपोर्टिङ बुझाइसक्न निर्देशन दिएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।