• बैशाख २२ २०८३, मंगलवार

ओलीको टिप्पणी- यो सरकार छिटै ढलेन भने देश बर्बादीतिर जान्छ

चैत्र २३ २०७८, बुधबार

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार जति धेरै चल्छ देश त्यति धेरै बर्बादीतिर जाने टिप्पणी गरेका छन् ।

पार्टी निकट नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको दोस्रो महाधिवेशनलाई बुधवार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष ओलीले यो सरकार तुरुन्त ढल्नुपर्ने बताएका हुन् ।

‘यो सरकार तुरुन्तै तुरन्तै तुरुन्तै ढल्नुपर्छ । ढलेन भने जतिदिन रहन्छ त्यति बढी देशलाई बर्बादीतिर धकेल्छ,’ ओलीले भने।

झर्ने बेलाको फल जस्तै गठबन्धन कुहिन लागेकोले एमालेले सरकार ढाल्न नलाग्ने उनले दाबी गरे ।

ओलीले वर्तमान सत्ता गठबन्धन कुहिएर झर्न लागेको फलजस्तो अवस्थामा पुगेको टिप्पणी गरे ।  ‘अहिलेको गठबन्धन सरकार कुहिएको फल जस्तो भएको छ, मज्जाले केही हुँदैछ र झर्ने बेलातर्फ जाँदैछ,’ ओलीले भने, ‘कसैले पनि मर्न लागेको मान्छेलाई पनि प्वाक्क हानेर मर्‍यो भने उही कानून लाग्छ । यो सरकार ढाल्न हामी कोसिस गर्दैनौँ, कुहिएर खत्रक्क झरोस् ।’