मकवानपुर । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश युवा परिषद् ऐन, २०७६ लाई संशोधन गर्न ल्याइएको अध्यादेशलाई आज प्रमाणीकरण गरेका छन् ।
नेपालको संविधानको धारा २०२ को उपधारा २ बमोजिम प्रदेशसभा सचिवालयबाट संशोधनको लागि आएको
प्रदेश युवा परिषद् ऐन, २०७६ लाई संशोधन गर्न ल्याइएको अध्यादेशलाई आज प्रमाणीकरण गरेका हुन् ।
बागमती प्रदेशसभाबाट केही महिनाअघि युवा परिषद् ऐन, २०७६ लाई संशोधन गर्न ल्याइएको अध्यादेशलाई प्रदेशसभा बैठकले स्वीकृति प्रदान गरेअनुसार प्रदेशसभा सचिवालयबाट प्राप्त भई आएकाले आजै संवैधानिक प्रक्रिया पूरा गरी उक्त अध्यादेशलाई प्रमाणीकरण गर्नुभएको प्रदेश प्रमुख सचिवालयका सचिव राजेश तामाङले जानकारी दिए ।