काठमाडौं । काठमाडौंमा अवस्थित रत्न राज्यलक्ष्मी क्याम्पस नेपाल भाषा एमएस तहमा समावेशी गराउनमा विशिष्ट योगदान पुर्याएवापत कामपाका शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले क्याम्पसका कर्मचारीलाई सम्मान गरेका छन् ।
कार्यक्रममा बोल्दै नेपालभाषा तथा नेपाली भाषा विभागका विभागीय प्रमुख विष्णुप्रसाद ज्ञवालीले नेपाल भाषा एम.ए.तहको कक्षा निरन्तर सञ्चालन भइरहेको जनाउँदै कक्षा व्यवस्थापनमा चुनौति भएता पनि आगामी दिनमा कक्षा व्यवस्थित गर्दै जाने धारणा राखे ।
पूर्व क्याम्पस प्रमुख प्रा.डा.निर्मला सुवालले यस क्याम्पसमा केही वर्ष अगाडि बि.ए. तहमा नेपाल भाषा अध्ययन गर्ने विद्यार्थी नभएपछि कक्षा बन्द भएको थियो तर त्यसपछि त्रिविको नीति नियम अनुसार १० जना नेपाल भाषा पढ्ने विद्यार्थी भएपछि बि.ए.तहको नेपाल भाषा कक्षा सञ्चालन गरिएको बताए ।
नेपाल भाषा अभियान्ता विद्यार्थीहरुकै पहलमा कामपा र क्याम्पससित समन्यवपश्चात एम.ए. नेपाल भाषा कक्षा निरन्तर सञ्चालन भएकोप्रति खुशी प्रकट गरिन् ।
एम.ए. नेपाल भाषाका पहिलो ब्याचका विद्यार्थी हरिकृष्ण महर्जनका अनुसार पाटन क्याम्पस भन्दा पनि नजिक स्थान दुरी नजिक तथा अध्ययन गर्न सहज भएकाले नेपाल भाषाबाट उच्च शिक्षा हासिल गर्नका लागि आरआर क्याम्पस रोजेको जनाए ।
कार्यक्रममा प्रा.डा.नेपाल भाषा शिक्षक प्रा.डा चन्द्रमान बर्जाचार्यले यस क्याम्पसमा एम.ए. तहको नेपाल भाषा समावेशी गराउन जुन विचार आयो विद्यार्थीहरुको महत्वपूणर् योगदान रहेको जनाए ।
उनले यसकार्यमा आफूले दिग्दर्शनका रुपमा कार्य गरेको भन्दै नेवाः विद्यार्थी युनियनका अध्यक्ष रिदेन महर्जन, सचिव प्रशान्त डंगोलको तत्परताबाट नै यी उपलब्धि हासिल भएको बताए ।
उनले उपत्यकाका स्थानीय सरकारका प्रत्यक वडाबाट नेपाल भाषाको सम्बर्द्धन, प्रर्बद्धन गर्नका लागि विशेष ध्यान दिनुपर्नेमा जोड दिए । कार्यक्रमका अतिथि जनगायक रामकृष्ण दुलालले आफ्नो गायन प्रस्तुत गरेर कार्यक्रम सानो भएता पनि अत्यन्तै महत्वपूर्ण रहेको बताए ।
उनले नेपालको आन्दोलनमा सबै जातिलाई चेतना दिलाउनका लागि गाउँ गाउँ बस्ती जागरण गीतलाई नेपाल भाषा लगायत विभिन्न भाषामा विभिन्न भाषा उठाइएको जनाए ।
सो खवसरमा बोल्दै नेवाः विद्यार्थी युनियनका सचिव प्रशान्त डंगोलले अहिलेसम्म नेपालभाषी विद्यार्थीका लागि चाहिने पाठयसाम्रगी प्रयाप्त मात्रामा रहेको भन्दै क्याम्पस प्रशासनबाट बिएच.डब्लु, बिसिए लगायतका विषयको विज्ञापन गरेर प्रोत्साहन गरेझैं नेपाल भाषा विषयको विज्ञापन गराउन क्याम्पस प्रशासनले प्रोत्साहन तथा सबैले रचनात्मक भूमिका खेलेको खण्डमा विद्यार्थी संख्या बढाउन समस्या नआउने बताए ।
उनले नेपाल भाषा पुनर्स्थापनामा गुरुवर, अभियान्ताहरुको योगदान रहेको जनाउँदै उनले नेपाल भाषा कक्षा निरन्तरताका लागि सम्पूणर् मातृभाषासेवीहरुले योगदान दिनु पर्ने जनाए ।
नेपाल भाषा एम.ए.समावेशी गराउन महत्वपूणर् योगदान दिएको कदर स्वरूप कामपाका शिक्षा विभागका प्रमुख अतिथि रामप्रसाद सुवेदीलाई क्याम्पसका प्रमुख जीवनधर ज्ञवालीले सम्मान पत्र प्रदान गरिएको कार्यक्रममा प्रमुख अतिथि सुवेदीले कामपाको स्थानीय तहमा नेपाल भाषा समावेशी गराउने कार्य भएपश्चात आरआर क्याम्पसमा नेपाल भाषा एम.ए.मा समावेशी गराउने कार्य एउटा उर्जाका रुपमा कार्य भएको जनाउँदै नेपाल भाषाबाट पिएचडी गर्नेलाई कोषको व्यवस्था गरिएको जनाए ।
आरआर क्याम्पसका प्रमुख एवम् सभापति प्रा.डा जीवनधर ज्ञावलीले नेपालभाषा एमए सेमेष्टरमा सबै भन्दा अंक ल्याएर उत्तीणर् मध्ये १-१ जना छात्रछात्रालाई १० प्रतिशत मेरिट बेसको आधार छात्रावृत्ति दिने जनाए ।