काठमाडौं । सत्तारूढ पाँच दलीय गठबन्धनले स्थानीय तह निर्वाचनका लागि चुनावी तालमेल गरेर अगाडी बढिरहेका छन् ।
चितवनमा पनि सत्ता गठबन्धनले आफुहरु चुनावी तालमेल गरेर अगाडी बढ्ने निर्णय गरेका छन् । सातै स्थानीय तहमा तालमेल गरेर अघि बढ्ने निर्णय गरेको हो । ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनमा चितवनका सातवटै स्थानीय तह र जिल्ला समन्वय समितिमा समेत तालमेल गरेर अघि बढ्ने गठबन्धनले निर्णय गरेका हो ।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति सभापति राजेश्वर खनालको अध्यक्षतामा बसेको सत्तागठन्धनको जिल्ला स्तरीय संयन्त्रको बैठकले उक्त निर्णय गरेको हो । चुनावी तालमेलका सन्दर्भमा संयुक्त संयन्त्रसमेत गठन गर्ने निर्णय गरेको छ । यसको संयोजक कांग्रेसको पालिका सभापतिले गर्ने निर्णय भएको छ ।
गठबन्धन सहभागी दलहरूकाबीच गठबन्धनको मर्म र भावना अनुरुप एक आपसमा सम्मान र हार्दिकताको विकास गर्दै संयुक्त रूपमा आसन्न स्थानीय तहको निर्वाचनमा सहभागी हुने निर्णय भएको छ ।