• बैशाख २६ २०८३, शनिबार

आगलागी पीडितलाई क्षतिपूर्तिको माग गर्दै गृहमन्त्री खाँणलाई ज्ञापनपत्र

चैत्र २१ २०७८, सोमबार

तनहुँ । तनहुँ उद्योग वाणिज्य संघले आगलागीबाट पीडितलाई उचित क्षतिपूर्ति माग गर्दै  गृहमन्त्री बालकृष्ण खाँणलाई ज्ञापनपत्र बुझाएका छन् ।

संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले आठौँ तनहुँ महोत्सवको समापन समारोहमा आएका मन्त्री खाँणलाई व्यास नगरपालिका-४ मा आगलागीबाट पीडित भएका व्यवसायी एवं सर्वसाधारणलाई सरकारको तर्फबाट राहत प्रदान गर्नका लागि ज्ञापनपत्र बुझाएको हो ।

गत फागुन २२ गते दमौलीमा भएको आगलागीबाट व्यवसायीको करोडौँ क्षति भएकाले सरकारको तर्फबाट उचित क्षतिपूर्तिको आस गरिएको संघका अध्यक्ष श्रेष्ठले बताए ।

गृहमन्त्री खाँणले आगलागीबाट पीडित भएकालाई सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।