काठमाडौँ। सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भारत भ्रमणकाे क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय जनता पार्टी (भाजपा)को मुख्यालयमा जानु उचित नभएकाे बताएका छन् ।
सोमबार विराटनगरमा पत्रकारहरुसँगको कुराकानीमा उनले भने, ‘आफू पनि प्रधानमन्त्री भइसकेकाले एउटा प्रधानमन्त्रीले देशकाे प्रतिनिधि भएर बीजेपीकाे मुख्यालयमा जानु ठीक हाेइन र मलाई उचित लागेन, पार्टीगत रूपमा गइएकाे हाे भने उहाँ कांग्रेसकाे सभापति हाे; जानै पर्यो तर यदि तपाईं देशकाे प्रतिनिधि भएर जानुभएकाे हो भने त्यसलाई ध्यानमा राख्नुपर्छ ।’