• मंसिर १३ २०८१, बिहीबार

पछिल्लो २४ घण्टामा थप ३३ जनामा कोरोना सङ्क्रमण, ८९ जना निको

चैत्र २१ २०७८, सोमबार

काठमाडौँ। देशभर थप ३३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पाँच हजार ५९ जनामा कोरोना परीक्षण गर्दा ३३ जनामा सङ्क्रमण देखिएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा ८९ जना निको भएर घर फर्किएका छन् । योसँगै निको हुनेको सङ्ख्या नौ लाख ६५ हजार ७१४ पुगेको छ । निको हुने दर ९८दशमलव सात प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

आज सङ्क्रमणबाट कसैको पनि निधन भएको छैन ।

नेपालमा शून्य सङ्क्रमित जिल्लाको सङ्ख्या १८ पुगेको छ । मन्त्रालयका अनुसार ती जिल्लामा इलाम, सोलुखुम्बु, भोजपुर, चितवन, नुवाकोट, दोलखा, रसुवा, मनाङ, मुस्ताङ, पूर्वरुकुम, रुपन्देही, सल्यान, जाजरकोट, जुम्ला, डोल्पा, मुगु, हुम्ला र बाजुरा छन् ।

नेपालमा कोराना सङ्क्रमण दर १७ दशमलव छ प्रतिशत छ । हाल होम आइसोलेसनमा ८०६, संस्थागत आइसोलेसनमा ३६, आइसियुमा १५ र भेन्टिलेटरमा दुई जनाको उपचार भइरहेको छ ।