• बैशाख २६ २०८३, शनिबार

ग्यास सिलिन्डर विस्फोट हुँदा ३ बालबालिकाको मृत्यु

चैत्र २१ २०७८, सोमबार

सिन्धुपाल्चोकमा खाना पकाउने ग्यासको सिलिन्डर विस्फोट हुँदा  तीन बालबालिकाको मृत्यु भएको छ ।

बाह्रबिसे नगरपालिका– ८, मानेश्वारामा स्थानीय मिनबहादुर तामाङको घरमा ग्यास विस्फोट भएको हो । विस्फोटलगत्तै आगलागी हुँदा घरभित्र रहेका तीन बालबालिकाको जलेर मृत्यु भएको जनाइएको छ ।

आइतबार साँझ ७ बजेतिर ग्यास विस्फोट भएर घरमा आगलागी भएको थियो। आगलागीमा परेर मिनबहादुरका १० वर्षीय छोरा इशाक तामाङ,मिनबहादुरका भाई कुमार तामाङका ६ वर्षीय छोरा सरगम तामाङ र छिमेकी पदम तामाङकी साढे २ वर्षीया छोरी दिव्या तामाङको जलेर मृत्यु प्रहरीको भनाइ छ ।

आगोमा परी मिनबहादुर पनि घाइते भएका छन् । हाल उनको उपचार भइरहेको प्रहरीले जनाएको छ।