• बैशाख २६ २०८३, शनिबार

डोटीमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु ५ जना घाइते

चैत्र २० २०७८, आईतवार

डोटी । डोटीमा पूर्वीचौकी साझघाटबाट गैरागाउँ जाँदै गरेको जीप दुर्घटना भएको छ । दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा खेम बोहरा र पुरण बोहरा रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। दुर्घटनामा परि ५ जना घाइते भएका छन्। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ।