• बैशाख २६ २०८३, शनिबार

बनारसबाट फर्किए प्रधानमन्त्री देउवा,आजै काठमाडौं आउने

चैत्र २० २०७८, आईतवार

काठमाडौं । भारतको औपचारिक भ्रमणमा बनारस पुगेका प्रधानमन्त्री शेरबहादुर देउवा भ्रमण सकेर दिल्ली फर्किएका छन्।

प्रधानमन्त्री देउवाले धार्मिक नगरी वाराणसीस्थित ललिताघाट, पशुपतिनाथ मन्दिर परिसरमा निर्माण गरिने वृद्धाश्रमको भूमि पूजनसहित शिलान्यास गरे ।

उक्त कार्यक्रममा देउवा पत्नी आरजु राणा देउवा, परराष्ट्र मन्त्री नारायण खड्का, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र भारतीय राजदूत विनयमोहन क्वात्रालगायत उपस्थित थिए।

भारत भ्रमण सकेर प्रधानमन्त्री देउवा आजै साँझ ६ पछि नेपाल एयरलाइन्सको नियमित उडानबाट काठमाडौं आइपुग्ने कार्यक्रम रहेको छ।