• बैशाख २२ २०८३, मंगलवार

मोदीलाई प्रधानमन्त्री देउवाको आग्रह : सीमा समस्याबारे द्विपक्षीय संयन्त्रमार्फत समाधान खोजौं

चैत्र १९ २०७८, शनिबार

काठमाडौँ। भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल र भारतबीच रहेका सीमा समस्या समाधान गर्न भारतीय प्रधानमन्त्रीसँग अनुरोध गरेका छन्।

दुवै प्रधानमन्त्रीद्वारा शनिबार आयोजित संयुक्त पत्रकार सम्मेलनमा देउवाले स्थापित संयन्त्रबाट उक्त समस्या समाधान गर्न मोदीलाई आग्रह गरिएको जनकारी दिए।

देउवाले भने, ‘हामीले सीमाका सवालहरूमा छलफल गर्‍यौँ र मैले मोदीजीलाई त्यसलाई स्थापित दुईपक्षीय संयन्त्रहरूबाट हल गरौँ भनेर अनुरोध गरेँ।’

भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री र भारतीय प्रधानमन्त्रीले दिल्लीमा शनिवार भेटवार्ता गरेपछि दुवैजनाले संयुक्त रूपमा पत्रकार सम्मेलन गरेका थिए।

भारतीय प्रधानमन्त्री मोदीले सीमाको विवादको बारेमा कुनै धारणा नराखे पनि अवाञ्छित तत्त्वले नेपाल भारत सीमाको दुरुपयोग नगरुन् भन्नेबारे छलफल भएको बताए।

त्यसका लागि दुवै देशले प्रतिरक्षा र सुरक्षामा गहन सहयोग कायम गर्ने विषयमा जोड दिएको उनले जानकारी दिए।