काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञावलीले एमालेलाई हराउनकै लागि गठबन्धन गरिएको बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी एमाले गुल्मी रुपन्देहीले शुक्रबार बुटवलमा आयोजना गरेको युवा विद्यार्थी सम्पर्क मञ्च बृहत अगुवा कार्यकर्ता भेलामा बोल्दै ज्ञवालीले आफ्नो पार्टी नेकपा एमालेले राष्ट्रको हित,विकास,नेपाली जनताको सम्बृद्धिका लागी अगुवाई गरेको बताउदै अहिलेको निर्वाचन देश बनाउने र देशलाई खाडल तिर हाल्ने शक्ति बीचको लडाई भएको तर्क गरे।
पूर्व मन्त्री ज्ञवालीले परमादेशले बनाएको गठबन्धन सरकारले निर्वाचन गर्न नै नचाहेको जिकिर गर्दै बाध्य भएर निर्वाचनको मिति तोकेको उनको जिकिर छ ।