काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनावका बेला प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा गएपछि प्रश्न गरेका छन् ।
अनेरास्ववियूको पहिलो केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले चुनावको बेला भारत भ्रमण जानुको केही अर्थ रहने भन्दै उनले नेपाल फर्किएपछि सोध्ने बताए । उनले भने ‘प्रधानमन्त्रीजी चुनावको बेला भारत जानुभएको छ, किन जानुभयो होला ? आएपछि सोध्नुपर्ला ।’