• बैशाख २२ २०८३, मंगलवार

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री खाँणलाई

चैत्र १८ २०७८, शुक्रबार

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवा छिमेकी मुलुक भारतको भ्रमणमा गएपछि गृहमन्त्री बालकृष्ण खाँणलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ।

प्रधानमन्त्री शुक्रबार तीनदिने भारत भ्रमणमा गएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री देउवाको सिफारिसमा गृहमन्त्री खाँणलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएकी हुन्।

‘प्रधानमन्त्री देउवाको अनुपस्थितिमा उनले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधान बमोजिम गृहमन्त्री खाँणले सम्हाल्ने गरी जिम्मेवारी तोकिएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।