• बैशाख २२ २०८३, मंगलवार

प्रधानमन्त्रीको भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप उचाईंमा पुर्‍याउँछ : मन्त्री कार्की

चैत्र १८ २०७८, शुक्रबार

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणले दुई देशबीचको सम्बन्धलाई अझ उचाइमा पुर्याउने बताएका छन् । बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री कार्कीले सो कुरा बताएका हुन् ।

मन्त्री कार्कीले प्रधानमन्त्री देउवाको तीन दिने भारत भ्रमणले नेपाल र भारतबीचको सम्बन्धलाई अझ प्रगाढ र उच्चस्तरमा पुर्याएर मुलुकको हित गर्ने बताए । सञ्चारमन्त्री कार्कीले भने, मुलरुपमा नेपाल र भारतको बीचमा सदियौंदेखि रही आएको जुन सम्बन्ध छ, त्यो सम्बन्धलाई अझ प्रगाढ गर्न, त्यो सम्बन्धलाई अझ उच्चस्तरमा पुर्याएर मुलुकको हितमा यो भ्रमण केन्द्रीत रहने कुरा म यहाँहरु मार्फत् निवेदन गर्न चाहान्छु ।’

तीनदिने भारत भ्रमणका लागि प्रधानमन्त्री देउवा शुक्रबार भारत प्रस्थान गरिसकेका छन् ।