• बैशाख २६ २०८३, शनिबार

१६ महिने बालिका बलात्कारको आरोपमा एक युवक पक्राउ

चैत्र १८ २०७८, शुक्रबार

कैलाली । कैलालीमा एक १६ महिने नाबालिगलाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

टिकापुर नगरपालिकाकी १६ महिने बालिकामाथि बलात्कार भएको उजुरी परेपछि प्रहरीले २० वर्षीय युवकलाई पक्राउ गरेको छ । पीडित बालिकाका आफन्तले बिहीबार इलाका प्रहरी कार्यालय टिकापुरमा उजुरी दिएपछि युवकलाई पक्राउ गरिएको हो ।

बालिकाको स्वास्थ्य परीक्षणका गरिएको छ । तर, रिपोर्ट सार्वजनिक गरिएको छैन । पक्राउ गरिएका युवकमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।