• बैशाख २२ २०८३, मंगलवार

श्रीलंकाको जस्तो आर्थिक संकटको अवस्थामा नेपाल जाँदैन : प्रचण्ड

चैत्र १७ २०७८, बिहीबार

काठमाडौँ। । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देश श्रीलंकाको जस्तो आर्थिक संकटमा जाने अवस्थामा नरहेको बताएका छन् । बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अर्थतन्त्रलाई दुर्घटनामा जानबाट रोक्न विशेष योजना ल्याउन लागेको बताए ।

‘अर्थतन्त्रलाई दुर्घटनामा जानबाट रोक्न हामी छलफल गरेर योजना ल्याउँदैछौं,’ पूर्वप्रधामन्त्री समेत रहेका प्रचण्डले भने, ‘श्रीलंकाको जस्तो अवस्थामा नेपाल जाँदैन ।’ उनले समयमै उपाय खोज्नुपर्ने बताए ।

प्रचण्डले चुनावमा गठबन्धन बनाएर जानेमा प्रष्ट भएको बताए । चुनावमा हामी गठबन्धन बनाएर जानेमा द्वुविधा छैन, मिलेर जान्छौं ।’उनले भने।