• बैशाख २६ २०८३, शनिबार

गोरखापत्र संस्थानको महाप्रबन्धकमा ऐरी नियुक्त

चैत्र १७ २०७८, बिहीबार

काठमाडौँ। गोरखापत्र संस्थानको महाप्रबन्धकमा लाल ऐरी नियुक्त भएका छन्।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले ऐरीलाई महाप्रबन्धक नियुक्त गर्ने निर्णय गरेको हो।

संस्थानको महाप्रबन्धक पदका लागि गत फागुनमा दरखास्त आह्वान भएको थियो।

दरखास्त परेकामध्ये १० जना छनौटका लागि सूचीमा परेकोमा मन्त्रिपरिषदले ऐरीलाई नियुक्त गर्ने निर्णय गरेको हो।

उनी नेपाल प्रेस युनियन सुदूरपश्चिम प्रदेश संयोजक पनि हुन्।