• बैशाख २६ २०८३, शनिबार

टिपरको ठक्करबाट दुई बालिकाको मृत्यु भएपछि सुन्दरीजलमा तनाव

चैत्र १६ २०७८, बुधबार

काठमाडौँ। टिपरको ठक्कबाट दुई स्कुले बालिकाको मृत्यु भएपछि काठमाडौंको सुन्दरीजल क्षेत्रमा तनाव सिर्जना भएको छ।

बुधबार बिहान गोकर्णेश्वर नगरपालिका वडा नम्बर १ को मेलम्ची चोकमा टिपरको ठक्करबाट स्कुल जाँदै गरेका दुई बालिकाको मृत्यु भएको थियो। टिपरको ठक्करबाट मोटरसाइकल चालक रोहन घिसिङ गम्भीर घाइते भएका छन् । उनको अहिले नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको छ ।चालकले टिपर ब्याक गरेर दुवै छोरीलाई किचेको घिसिङको आरोप छ ।

बालिकाको मृत्यु भएपछि आक्रोशित स्थानीयले टिपरमा ढुंगामुढा गरेका थिए। उनीहरूले टिपरमा आगजनीसमेत गरेका छन्।

अहिले त्यहाँ बाक्लो संख्यामा प्रहरीको टोली खटिएको छ। प्रहरीले स्थानीयमाथि अश्रुग्याससमेत प्रहार गरेको छ।