• बैशाख २४ २०८३, बिहीबार

मगर विद्यार्थी संघ त्रिवि समितिको अध्यक्षमा याम रोका निर्वाचित

चैत्र १४ २०७८, सोमबार

काठमाडौं । नेपाल मगर विद्यार्थी संघ त्रि.वि समितिको १८औं अधिवेशनबाट अध्यक्षमा याम रोकामगर सर्वसम्मतले निर्वाचित भएका छन् ।

आदिवासी जनजाति महासंघको संस्थापक महासचिव सुरेश आलेमगरको प्रमुख आतिथ्यमा भएको सो अधिवेशनबाट  रोकामगर सर्वसम्मत निर्वाचित भएका हुन् ।

यस्तै उपाध्यक्षमा कल्पना थापामगर, सचिवमा शिवकुमार मगर, सहसचिवमा पदमबहादुर गाहामगर, कोषाध्यक्षमा ओम घर्तीमगर निर्वाचित भएका छन् ।

कार्यक्रममा निवर्तमान कोषाध्यक्ष वविदेवल पुनमगरले आर्थिक प्रतिवेदन पेश गरेका थिए भने निवर्तमान सहसचिव प्रतिज्ञा मगरले सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रम नेपाल मगर संघ त्रिभुवन विश्व विद्यालयका पूर्वउपाध्यक्ष नरेश रानामगरको अध्यक्षता, याम रोकामगरको स्वागत मन्तव्य तथा विवेक घर्तीमगर र वविदेवल पुन मगरको सञ्चालनमा सम्पन्न भएको थियो ।

कार्यक्रममा अतिथिको रूपमा शिक्षा संकायका डिन प्राध्यापक डाक्टर चित्रबहादुर बुढाथोकी मगर, नेपाल मगर विद्यार्थी संघ केन्द्रीय कमिटीका वरिष्ठ उपाध्यक्ष चित्र पुलामीमगर, नेपाल खुल्ला विश्व विद्यालयका उपप्राध्यापक डाक्टर कर्ण रानामगर पनि सहभागी थिए ।