• बैशाख २४ २०८३, बिहीबार

नेपाल प्रहरीका ६  एसपीहरुको काज सरुवा,को कहाँ पुगे ?

चैत्र १४ २०७८, सोमबार

काठमाडाैं । प्रहरी प्रधान कार्यालयले ६ प्रहरी उपरिक्षक (एसपी) हरुको काज सरुवा गरेको छ ।

मोरङमा कार्यरत एसपी जनार्दन जिसीलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा काज सरुवा गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङमा शान्तिराज कोइरालालाई पठाइएको छ । यस्तै सिन्धुपाल्चोकमा रामेश्वर प्रसाद यादवलाई पठाइएको छ । सिन्धुपाल्चोकमा कार्यरत राजन अधिकारीलाई अख्तियारमा सरुवा गरिएको छ ।

पश्चिम नवलपरासीमा ऋषिराम कँडेललाई पठाइएको छ   । पश्चिम नवलपरासीमा कार्यरत मनोजकुमार यादवलाई गण्डकी प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय, पोखरामा सरुवा गरिएको छ ।