• बैशाख २२ २०८३, मंगलवार

एमालेको चुनावी प्रतिबद्धतापत्रमा सुझाव दिन सार्वजनिक आह्वान

चैत्र १३ २०७८, आईतवार

काठमाडौं । नेकपा एमालेले स्थानीय तहको चुनावी प्रतिबद्धतापत्रमा सुझाव दिन सार्वजनिक आह्वान गरेको छ।

आज बसेको स्थायी कमिटी बैठकले केन्द्रस्तरबाट जारी हुने पार्टीको घोषणापत्रको मस्यौदामाथि सुझाव दिन सार्वजनिक आह्वान गरेको हो ।

केन्द्रीय घोषणापत्रको मस्यौदामा स्थायी कमिटीका सदस्यले यही २० चैतसम्ममा आफ्नो लिखित सुझाव पेस गर्नेछन ।

यस्तै बैठकले चुनाव चिह्नको रङ हरियो बनाइएको र मनोनयनका लागि दुई दिन समय दिने निर्वाचन आयोगको निर्णय परिवर्तन गर्न पनि माग गरेको एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।