• बैशाख २२ २०८३, मंगलवार

निर्वाचनमा दोहोरिन चाहने जनप्रतिनिधिलाई राष्ट्रियसभाका अध्यक्षले सोधे यस्तो प्रश्न

चैत्र १३ २०७८, आईतवार

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले स्थानीय तहमा दोहोरिन चाहने जनप्रतिनिधिलाई किन र के का लागि दोहोरिने भनेर प्रश्न गरेका छन् ।

आइतवार गाउँपालिका राष्ट्रिय महासंघ नेपालले आयोजना गरेको गाउँ सभारनगर सभा सञ्चालन तथा कानून निर्माण प्रक्रिया सम्बन्धी स्रोत पुस्तिका विमोचन गर्दै उनले दोहोरिन चाहने जनप्रतिनिधिलाई आफुले दोहोरिन चाहेको कारणबारे स्पष्ट हुनुपर्ने बताएका छन् ।

उनले जनप्रतिनिधिहरुले दोहोरिने इच्छा देखाएर मात्रै नहुने बताउदै पदमा दोहोरिने भन्दा पनि आगामी दिनमा के राम्रो काम गर्ने भन्ने विषय महत्वपूर्ण रहेको बताए ।

अध्यक्ष तिमिल्सिनाले आम नागरिकमा राजनीतिप्रति सकारात्मक धारणा बनाउन उनीहरुको जिवनस्तर उकास्नका लागि नेताहरुले ध्यान दिनुपर्ने बताए ।