• बैशाख २४ २०८३, बिहीबार

सर्लाहीमा बस दुर्घटना : ४ जनाको मृत्यु, २५ बढी घाइते

चैत्र १३ २०७८, आईतवार

सर्लाही। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको फूलजोर खोला पुलमा आइतबार मध्यान्ह बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा २५ जनाभन्दा बढी घाइते भएका छन् ।

वीरगन्जबाट जनकपुरतर्फ जाँदै गरेको ना ४ ख ८५५५ नम्वरको यात्रुवाहक बस आइतबार लालबन्दी र ईश्वरपुर नगरपालिकाको सीमामा पर्ने फूलजोर खोलास्थित पुलबाट तल खसेर दुर्घटना भएको हो ।

सर्लाहीका ट्राफिक प्रहरी प्रमुख एवम् ट्राफिक प्रहरी निरीक्षक केदारमान दोङका अनुसार मृतकहरुको सनाखत भइसकेको छैन् । घाइतेको उद्धार गरी लालबन्दीका विभिन्न अस्पतालमा ल्याइएको छ । गम्भीर घाइतेलाई लालबन्दीबाट अन्यत्र रेफर गर्नेक्रम भइरहेको अस्पतालले जनाएको छ । दुर्घटनामा बस चालक समेत घाइते भएको प्रहरीले जनाएको छ ।

बस दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरीको भनाई छ ।