काठमाडौँ। नेपालको तीन दिने भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङयी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज भेटवार्ता शुरु भएको छ ।चिनियाँ विदेशमन्त्रीलाई भेट्न ओली नक्शालस्थित होटल मेरियट पुगेका छन् ।
भेटमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल र विदेश विभागका प्रमुख राजन भट्टराई, पूर्वराजदुत डा.अन्जान शाक्यलगायत नेताहरु पनि सहभागी छन् ।
यसअघि विदेशमन्त्री वाङले राष्ट्रपति भण्डारीलाई भेटेका थिए।
एमाले अध्यक्ष ओलीसँगको भेटपछि विदेशमन्त्री वाङले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग पनि भेट गर्ने कार्यक्रम छ।