• बैशाख २४ २०८३, बिहीबार

सानेपामा मोटरसाइकल दुर्घटना हुँदा एक प्रहरी जवानको मृत्यु

चैत्र १३ २०७८, आईतवार

काठमाडौँ। ललितपुरको सानेपामा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक प्रहरी जवानको मृत्यु भएको छ। दुर्घटनामा अर्का एक प्रहरी जवान गम्भीर घाइते भएका छन्।

मृत्यु हुनेमा धादिङ घर भई हाल महानगरीय प्रहरी वृत्त चापागाउँमा कार्यरत प्रहरी जवान नविन न्यौपाने रहेका छन्। दुर्घटनामा गम्भीर घाइते न्यौपानेको उपचारको क्रममा गएराति सानेपास्थित स्टार अस्पतालमा मृत्यु भएको हो।

बा ८३ प ८९८५ नम्बरको मोटरसाइकल गएराति सवा १ बजे आफैँ अनियन्त्रीत भएर पल्टिँदा दुर्घटनामा भएको हो।

दुर्घटनामा परेर तनँहुको आबुखैरेनी घर भई हाल महानगरीय प्रहरी वृत्त सातदोबाटोमा कार्यरत प्रहरी जवान सुमन कुमार सिंहको गम्भीर घाइते भएका छन्।उनको उपचार भइरहेको प्रहरीले जनाएको छ।