• बैशाख २२ २०८३, मंगलवार

प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगे चिनियाँ विदेशमन्त्री वाङ यी

चैत्र १२ २०७८, शनिबार

काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले प्रधानमन्त्री शेरबहादुर देउवासँग केही बेरअघि भेटवार्ता गरेका छन्।

शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर वाङले प्रधानमन्त्री देउवालाई भेटेका हुन्। यस क्रममा चीन सरकारद्वारा निर्मित पोखरा अन्तरराष्ट्रिय विमानस्थल नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ।

चिनियाँ विदेशमन्त्री वाङले परराष्ट्रमन्त्री नारायण खड्कालाई विमानस्थल निर्माण सम्पन्नको साँचो हस्तान्तरण गरेका हुन्।