काठमाडौँ। परराष्ट्रमन्त्री डा. नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ।
शनिबार सिंहदरबारमा परराष्ट्रमन्त्री खड्का र तीन दिने भ्रमणका लागि शुक्रबार नेपाल आएका चिनियाँ विदेशमन्त्री वाङयीबीच भेटवार्ता भएको हो।
भेटमा नेपाल–चीन सम्बन्धका समग्र पक्षमा छलफल भएको बताइएको छ।